coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल–भारत सिमानामा नेविसंघको विरोध प्रर्दशन

सिमानामा पुगेर विरोध प्रर्दशन गर्दै नेविसंघका कार्यकर्ता । तस्बिर : नागरिक

पाँचथर – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध प्रर्दशन गरेको छ । केहि दिनअघि आहाल भन्ने ठाँउमा संग्राहलय भवन निर्माणमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि सोहि ठाँउमा पुगेर नेविसंघ विरोध जनाएको हो।  

सन्दकपुर, आहाल हाम्रो हो भन्दै पाँचथर र इलामबाट पुगेका नेविसंघका कार्यकर्ताले नाराबाजी गरेका थिए । उनीहरुले सिमानामा राष्ट्रिय झण्डा गाड्दै नेपाली भुमिमा हस्तक्षेप गर्ने प्रयास नगर्न भारतलाई चेतावनी दिएका छन् ।

उच्च पहाडी भुगमा पर्ने  पर्ने उक्त स्थानमा पाँचथर र इलामबाट नेविसंघका कार्यकर्ता पुगेका थिए । सिमाना राष्ट्रिय झण्डा गाड्दै नेपाली भुमिमा आँखा नलगाउन चेतावनी दिइएको नेविसघ संघ पाँचथरका उपाध्यक्ष धनकुमार लावतीले जानकारी दिए ।

‘दशगजा भन्दा १ सय मिटर वर भवन बनाउन खोज्दा अवरोध गरेका पाईयो । भारतले हाम्रो भुमिमा आँखा लगाएर हेप्न खोजेको हो । नेपाल तर्फका रमणिय भुमि भएकाले पटक पटक दुख दिने गरेको पाईयो’ लावतीले भने ‘राष्ट्रिय झण्डा गाड्यौँ, राष्ट्रिय गान गायौँ र विरोध प्रर्दशन समेत गर्‍यौं ।’

उक्त स्थानमा विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको तस्बिर समेत जलाएको लावतीले जानकारी दिए । उच्च पहाडी क्षेत्रमा पर्ने सिमावर्ती क्षेत्रमा नेपाल तर्फ सरकारी उपस्थीति सुन्य छ । ‘नेपाली भुमिमा निर्माण गर्न खोजीएको भवन रोक्नु राष्ट्रियता माथि प्रहार हो । यसको विरुद्धमा हामी उत्रिएका हौँ’ नेविसंघ इलामका उपाध्यक्ष प्रज्वल भटराईले भने ‘कहिले कता कहिले कता गरेर नेपाली भुमिमा भारतीय सुरक्षाकर्मीले दुख दिने गरेका छन् । हामी प्रतिरोध गर्छौं ।’तीन दर्जनको हारहारीमा नेविसंघका कार्यकर्ता सिमाना क्षेत्र पुगेको जानकारी दिइएको छ ।  

 

प्रकाशित: ४ जेष्ठ २०७७ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App