coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रेसमाथी सेन्सर लगाउन वीरगन्जका मेयरको प्रदेश सरकारसँग माग

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले प्रेसमाथी सेन्सरसीप  लगाउन प्रदेश २ को सरकारसँग माग राखेका छन्।  ‘कोरोनाको संक्रमण नियन्त्रण तथा चुनौतीको व्यवस्थापन’ बारे वीरगन्जको नगर सभागृहमा शनिबार आयोजित छलफलमा नगरप्रमुख सरावगीले यस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीसमक्ष यस्तो माग गरेका हुन।  

नगरप्रमुख सरावगीले आफ्नो बिरोधमा समाचार लेख्ने पत्रकार तथा संचारगृहलाई कारवाही गर्न समेत माग गरे।  नगर प्रमुख संलग्नतामा एउटा निजी अस्पतालसंग कोरोना अस्पताल बनाउने भनेर गरिएको सार्वजनिक खरिद ऐन र नियमावली बिपरित सम्झौता सम्बन्धी, महानगरपालिकाको राहत सामग्री खरिद प्रक्रियामा अपारदर्शीता बारे, कुहिएको राहतको चामल प्रकरणल लगायतका बिषयमा समाचारहरु पछिल्लो समयमा आएका थिए।  यसबाट रिसाएका नगरप्रमुख सरावगीले शनिवारको औपचारिक कार्यक्रममा प्रेसमाथी अंकुश लगाउने प्रस्ताव सार्वजनिकरुपमा राखेका हुन।  

वीरगन्ज महानगरपालिकाले वडा नम्बर १४ मा पठाएको चामलमा कुहिएर डल्लो परेको चामल निस्केपछि त्यहाँका वडा अध्यक्ष भरतराउत कुर्मीले त्यसको बिरोध जनाएको समाचार आएको थियो।  त्यस प्रकरणमा साथ नदिएको भन्दै उनले आफु निर्वाचित दल साविक साजवादी पार्टीको नगर, जिल्ला, प्रदेश र संघीय समितिलाई आलोचना गरेका थिए।  

शनिवार नगरप्रमुख सरावगीले प्रेसमाथी सेंसर लागाउन प्रदेश २ सरकारलाई आग्रह गर्न भ्याएका हुन।  कोरोना संक्रमणको समयमा प्रदेश सरकारले पठाएको २५ लाखसहित महानगरपालिकाको तीन करोडको बजेट खर्चेर ३४ हजार घर परिवारमा राहत बितरण गरेको बिषयलाई संचारमाध्यमले महत्व नदिएकोमा पनि उनको गुनासो थियो।  

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले नगरप्रमुख सरावगीको मागको सोही छलफलमा बोल्दै प्रतिवाद गरेका थिए।  प्रेसमाथी सेन्सर लागाउने मागको चौहानले सार्वजनिक रुपमै भ्रत्र्सना गरे।  ‘संघीय लोकतासन्त्रिक गणतन्त्रको संबिधान अनुसार जनताबाट नगरप्रमुख बनेपछि पदको मार्यादा बिर्सेर लोकतन्त्रको एउटा स्तम्भको रुपमा रह्ने प्रेस माथी अंकुश लगाउने प्रस्ताव आपतिजनक छ,’ चाहानले भने, ‘यसको घोर भर्तसना गर्दछु। ’ कार्यक्रमका प्रमुख अतिथी रहेका मुख्यमन्त्री राउतले प्रेसको भूमिकाको प्रसंसा गरे।  

 

प्रकाशित: ३ जेष्ठ २०७७ १४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App