coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कोरोना संक्रमण बढन नदिन बारामा निषेधाज्ञा

वीरगन्जमा कोरोना संक्रमित संख्या बढेसंगै बाराले निषेधाज्ञा जारी

छिमेकी जिल्लामा पर्साको वीरगन्जमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले मंगलबार देखि  अर्को आदेश नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई निरन्तरता दिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितले जनाएका छन्।

पर्साको वीरगञ्जबाट कार्यालयको काम तथा अन्य प्रयोजनका लागि बारा आवतजावत हुने अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्स) बाहेक अन्य सवारी साधनहरुलाई पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको प्रजिय पण्डितले बताए।

संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ ।

भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रकाशित: ३० वैशाख २०७७ १६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App