१६ चैत्र २०८० शुक्रबार
राजनीति

क्वारेन्टाइनस्थल निर्माण र व्यवस्थापनका विषयमा पर्यटनमन्त्रीको चासो

काठमाडौं - सरकारले क्वारेन्टाइनस्थल निर्माण र व्यवस्थापनका विषयमा सुरक्षा निकायहरुसँग जानकारी लिइरहेको छ। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा बनेको समितिले क्वारेन्टाइनस्थ निर्माणका लागि सुरक्षा निकायहरुसँग जानकारी लिएका हुन्।

उच्चस्तरिय समन्वय समितिले पर्यटनमन्त्री भट्टराईको संयोजकत्वमा समिति बनाएर क्वारेन्टाइन व्यवस्थापनको जिम्मा दिएको छ। सो समितिले सुरक्षा निकायहरुसँग सोमबार यसबारे छलफल गरिरहेको छ। सोमबार विहान नेपाली सेनाका पदाधिकारीहरुलाई बोलाएर खरिपाटी क्वारेन्टाइनको अवस्था र अन्य ठाउँमा निर्माण गर्न सकिने सम्भाव्यताका विषयमा जानकारी लिएका हुन्।

छलफलमा नेपाली सेनाका कर्नेल प्रमुख सेनानी शिव प्रसाद पौडेलले क्वारेन्टाइनस्थल व्यवस्थापनका लागि केही समस्या देखिएको बताए। आर्थिक व्यवभारका विषयमा स्पष्ट निर्देशन नहुँुदा आन्तरिक स्रोत परिचालन गरी नेपाली सेनाले तत्कालको समस्या टारिरहेको बताए। खरिपाटीमा खाना पकाउने र सर्भिस गर्ने मान्छेको अभाव रहेको उल्लेख गर्दै उनले तीनवटै सुरक्षा निकायको टोलीले काम गरिरहेको बताए।

खरिपाटीमा क्वारेन्टाइनमा अहिले ८ महिलासहित ८१ जना रहेका छन्। जसमा १ जना ७६ वर्षिया वृद्धा, एक गर्भवति महिला र एकजना ७१ वर्षिय विदेशी नागरिक छन्। होटल र अन्य ठाउँबाट पनि क्वारेन्टाइनका लागि कोठाहरु उपलब्ध भएको प्रस्ताव आइरहेको नेपाली सेनाले जनाएको छ। खरिपाटीमा क्वारेन्टाइनमा प्रतिव्यक्ति एक दिनमा पानी र प्याकिङ बाहेक ७५० रुपैयाँ खर्च हुँदै आएको छ।

प्रकाशित: १० चैत्र २०७६ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App