२५ जेष्ठ २०७७ आइतबार
राजनीति

प्रधानमन्त्रीले राजीनामा दिएर आराम गनुेस् : अध्यक्ष जबरा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आराम गर्न सल्लाह दिएका छन्। रिपोर्टस क्लबमा भएको साक्षत्कारमा अध्यक्ष जबराले प्रधानमन्त्री ओलीले आराम गर्ने बेला आएको बताएका हुन्।

प्रधानमन्त्री ओली स्वस्थ भएको अवस्थामा समेत मुलुकका लागि गर्नुपर्ने काम गर्न असफल भएको भन्दै घुमाउरो पारामा जबराले ओलीलाई राजीनामा दिन उचित हुने सल्लाह दिएका हुन्। उनले भने, 'प्रधानमन्त्री स्वस्थ भएको अवस्थामा पनि मुलुकका लागि निभाउनुपर्ने कर्तव्य निभाउन सक्नु भएन। उहाँले राजीनामा दिन उचित हुनुपर्छ। उहाँलाई आराम गर्न दिने बेला पनि भएको हो। उहाँलाई आराम होस भन्ने कामना गर्छु। आराम गर्न जे जे गर्नुपर्छ गर्नुहोस्।'

अध्यक्ष जबराले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले व्यापक भ्रष्टाचार गरेको आरोप समेत लगाएका छन्। संवैधानिक अंगहरुको तोडमोड गरी राजनीतिकरण भएको, परराष्ट्र नीतिमा असन्तुलन आएको र जनतालाई करमाथि कर थुपारेको आरोप पनि लगाए। प्रधानमन्त्री ओली मात्रै नभएर कम्युनिष्ट पार्टी नै आफ्नो मुल कर्तव्यबाट चुकेको बताए।

अध्यक्ष जबराले सबै पक्षलाई स्वीकार्य हुने साझा संस्थाको रुपमा राजसंस्थासहित प्रजातन्त्रका लागि आफ्नो पार्टी अगाडी बढ्ने बताए। संविधान जारी गर्ने समयमा राप्रपा पनि चार शक्तिमध्येको एक भएकाले संविधानप्रति प्रतिवद्ध रहेको उनले बताए।

प्रकाशित: १ चैत्र २०७६ १९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App