९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

अध्यक्ष दाहालको दाबीः ‘पूँजीपतिहरु जनतालाई कम्युनिष्टबाट अलग गराउन तम्से’

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वका पूँजीपतिहरु जनतालाई कम्युनिष्टबाट अलग गर्ने प्रयासमा लागिपरेको बताएका छन्।

भरतमोहन अधिकारीको स्मृतिसभामा सम्बोधन गर्दै दाहालले आफूलाई उदारवादी देखाएर मध्यमवर्गीय र निम्न मध्यमवर्गीय जनतालाई कम्युनिष्टबाट अलग गर्ने रणनीतिका साथ पूँजीपतिहरु अगाडी बढिरहेको बताएका हुन्। 'मध्यमवर्गका जनताहरुलाई आफुतर्फ आकर्षित गर्न तथाकथिक विकासमा सहयोग गरेको देखाएर मध्यमवर्गबाट कम्युनिष्ट, बामपन्थी र प्रगतिशिलहरुलाई अलग गरी आफ्नो बर्चश्व र एकाधिकार कायम गर्ने रणनीतिमा उनीहरु अगाडी बढिरहेका छन्’, दाहालले भने।

दाहालले स्व. भरतमोहन अधिकारीले कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक बनाउन ठूलो भूमिका खेलेको बताएका छन्। स्व. अधिकारीको एक निर्णयले जनताहरुले कम्युनिष्टप्रति विश्वास गर्ने गरेको दाहालले बताए। बुर्जुवा र पूँजीपतिहरुले कम्युनिष्ट भनेका ६० वर्ष कटेकाहरुलाई मार्छन भनेर भ्रम छरेपनि अधिकारीले गरेको एक निर्णयले त्यसलाई ध्वस्त पारेको उनले बताए।

पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको २०७र्५ फागुन १८ गते उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको थियो। २०५१ सालमा तत्कालिन नेकपा एमालेको सरकारमा अर्थमन्त्री रहेका स्व. अधिकारीले त्यतीबेला ७५ वर्ष उमेर पुगेकाहरुलाई मासिक १ सय रुपैयाँ बृद्धभत्ता दिने निर्णय गरेका थिए।

प्रकाशित: १८ फाल्गुन २०७६ १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App