coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सबै पालिकामा खाद्य सुरक्षा लागू गरिन्छ : प्रदेश मन्त्री पौडेल

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आरती पौडेल ।

रुपन्देही- प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशलाई खाद्यमा सुरक्षित बनाउन प्रतिवद्ध रहेको बताएकी छन्। उनले पछिल्लो समय खाद्य सुरक्षाका विषयमा थुप्रै जटिलताहरु देखा पर्न थालेको बताउँदै स्वास्थ्यसँग जोडिएको विषय भएकाले प्रदेशलाई खाद्य सुरक्षाको ग्यारेन्टी गर्न आफूहरु तयार रहेको बताईन्। तर यसमा संघीय सरकारले स्पष्ट रुपमा निर्देशनसहित कार्यक्रम लागू गर्न पछि हट्न नहुने बताईन्।

बुटवलमा बुधबार आयोजित संघीय संरचनामा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो कुरा बताएकी हुन्। उनले प्रदेश ५ का सबै पालिकाहरुमा खाद्य सुरक्षाको लागि सरकारले पहल गर्ने बताईन्। उनले खाद्य सुरक्षाको विषय उपभोक्ताहरुको खाने बानीसँग पनि सम्बन्धित भएकाले सुधार त्यहाँ पनि हुनुपर्ने बताईन्। नेपालमा भोकका लागि खाना खाने तर आफ्नै घर वरपर पाइने खानेकुरामा ध्यान नपुगेको तर्फ संकेत गर्दै उपभोक्तालाई समेत सचेत रहन मन्त्रीको आग्रह छ।

नेपालीहरुको बानी बिहान साँझ खाना नै खानुपर्ने त्यसमा पनि भात नै खानुपर्ने बानीको विकास भएको भन्दै यसको लागि खानाका अन्य परिकारहरुमा विविधिकरण गर्न तर्फ ध्यान दिनुपर्नेमा उनको जोड थियो। खानाको लागि  भात को अलवा गहुँ, रोटी, मकै, फापर लगायतका अन्य खाद्यान्नको रुपमा प्रयोग गरिने वस्तु सेवन गरेमा खाद्य सुरक्षामा सफल हुने मन्त्री पौडेलको भनाई छ।

खाद्य सुरक्षामा सबैले ध्यान दिन सकेमा यसले सबैको हित गर्ने भन्दै मन्त्री पौडेलले अन्य प्रदेश भन्दा प्रदेश ५ खाद्यान्न उत्पादनमा अगाडी रहेको बताईन्। उत्पादन भएको खाद्यान्न र जनसंख्याको अनुपातलाई दिएर खाद्यान्नको सुरक्षाको अवस्था पत्ता लाईने भन्दै भन्दै मन्त्री पौडेलले सबैको सहयोग भएमा पक्कै पनि प्रदेश ५ पूर्णरुपमा आत्मनिर्भर हुने बताईन्।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव तेजबहादुर सुवेदीले खाद्य सुरक्षाको अवस्थामा प्रदेश सरकारले योजनाबद्ध रुपमा लागि परेको बताए। उनले मुख्य रुपमा खाद्य सुरक्षा भनेको त्यहाँको नागरिको इच्छा अनुसारको खाना पनि भएकाले त्यसलाई पनि ध्यान दिनुपर्ने बताए।

विश्व खाद्य कार्यक्रम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा प्रदेश ५ को खाद्य सुरक्षाको अवस्थाको विषयमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का खाद्य सुरक्षा तथा प्रर्वद्धन महाशाखा प्रमुख श्रीधर ज्ञवालीले कार्यपत्र प्रस्तुत गरेका थिए।

नेपालमा खाद्य सुरक्षा अनुगमन प्रणालीको विकासक्रमको मुख्य क्रियाकलपाको विषयमा विश्व खाद्य कार्यक्रममा चन्द्रबहादुर थापा र संघीय कृषि मन्त्रालयका बाली विकास अधिकृत पदमा पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए। यस्तै राष्ट्रिय योजना आयोगक खड्कराज राई, संघीय कृषि मन्त्रालयका रामकृष्ण रेग्मी, प्रदेश ५ उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राधा वाग्ले, विश्व खाद्य कार्यक्रमका पुष्प श्रेष्ठ लगायतले खाद्य सुरक्षा विश्वव्यापी मुद्दा भएकाले नेपालले सुधार गर्नुपर्ने बताए।

 

प्रकाशित: १४ फाल्गुन २०७६ ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App