१६ चैत्र २०८० शुक्रबार
राजनीति

संविधान संशोधनको गृहकार्य गर्न नेकपाले बनायो कार्यदल

काठमाडौं- संविधान संशोधनमा गृहकार्य गर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कार्यदल बनाएको छ। वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा रहेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेकपा नेता तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा छन्।

नेकपा उपाध्यक्षलाई राष्ट्रिय सभामा ल्याउने करिब निश्चित भएपछि संविधान संशोधनको तयारी गरिएको हो। आफ्नो प्रतिनिधित्वको लागि गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था हुनु पर्ने अडान राख्दै आएका थिए। गौतमलाई राष्ट्रपतिद्दारा मनोनित गरेर राष्ट्रिय सभामा ल्याउने तयारी भइरहेको छ। संवैधानिक प्रावधान अनुसार राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउँदैनन्।  

प्रकाशित: ११ फाल्गुन २०७६ १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App