१६ चैत्र २०८० शुक्रबार
राजनीति

देश बदल्ने अठोट गर्दा नकारात्मक प्रवृत्तिको सामना गर्नुपरेको छ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देश बदल्ने अठोटका साथ अघि बढिरहँदा नकारात्मक प्रवृत्तिको सामना गरिरहनु परेको बताएका छन्।

आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार गर्ने दिशामा सरकार लागिरहेको अवस्थामा अवरोधको सामना गर्नुपरेको उनले बताए।

७० औं प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'विकास निर्माणमा बाधा हाल्ने वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने, विकास प्रयासहरुमा व्यवधान गर्ने यस्ता प्रयासहरुलाई हामीले कर्मद्धारा नै पराजित गर्ने छौं।’

संविधान र कानून अनुसार देशलाई अगाडि बढाउने र देशमा लोकतन्त्र र शान्तिका प्रयासहरुलाई व्यवधान पुग्न नदिने कुरामा सरकार प्रतिवद्ध रहेको उनले बताए। वर्तामान सरकारले २ वर्ष पुरागरेपनि गत वर्षलाई आधारवर्षका रुपमा लिएको उनले बताए। प्रधानमन्त्री ओलीले आधार वर्षलाई टेकर आगामी वर्षबाट विकास निर्माणका कामलाई अगाडि बढाएको बताए। उनले नेपाललाई सन् २०३० भित्रमा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने अठोट समेत गरे। 'हामी सन २०२२ सम्ममा नेपालाई अति कम विकसित मुलुकको स्तरबाट स्तारोन्नती गर्ने र सन २०३० भित्र दिगो विकासका लक्षहरु हासिल गर्ने अभियानमा छौं’ उनले भने। सरकार समृद्ध नेपाली सुखी नेपालीको धेयका साथ सरकार आर्थिक एवं सामाजिक रुपान्तरणको कार्यभार कार्यान्वयनमा केन्द्रीत भएको र त्यसका लागि मित्रराष्ट्रहरुको समेत साथ रहने अपेक्षा सरकारले गरेको उनले बताए।

प्रधनमन्त्री ओलीले सरकारले गर्नुपर्ने कामहरुको सूची लामो भएकाले सरकार समृद्धिको यात्रामा लागेको उल्लेख गर्दै ओलीले सरकारले केही काम सुरु गरेको केही गर्ने अवस्थामा रहेको र केही सम्पन्न भइसकेको बताए।

प्रकाशित: ७ फाल्गुन २०७६ ०७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App