coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

महराले सफाइ पाएपछि रोल्पामा उत्सव, कार्यकर्ता मात्र होइन विपक्षीहरु पनि खुसी

बाजागाजा सहितको -याली।

रोल्पा - जिल्लामा ‘महरा सर’को परिचयबाट स्थापित पूर्व सभामुख कृष्णबहादुर महराले अदालतबाट सफाई पाएपछि रोल्पा सदरमुकाममा उत्सव गरिएको छ। स्थानीय युवाहरु बाजा गाजासहित -याली निकाल्दै रोल्पा नगरपालिका मेवाङस्थित महराको सुनसान घरसम्म गएका थिए।

सोही युवाहरुको समूह बाजा गाजासहित पुनः -यालीसहित सदरमुकामस्थित टुँडिखेलमा जम्मा भएर कोण सभा गरेका थिए। अनौपचारिक कार्यक्रममा बोल्दै युवाहरुले राष्ट्रियताका पक्षमा रहेका नेतालाई गम्भीर आरोपमा फसाइएको जिकिर गरे। उनिहरुले न्यायले जितिको बताए। कार्यक्रममा स्थानीय, जनप्रतिनिधि, कर्मचारी र विद्यार्थी लगायतको उपस्थिति थियो।

लामो समय सदरमुकामस्थित बाल कल्याण नमुना माध्यमिक बिद्यालयमा अध्यापन गरेका महरा जिल्लामा शालिन, भद्र र सर्व स्वीकार्य नेताका रुपमा स्थापित छन्। उपराष्ट्रपति नन्दकिशोर पुन, उर्जा मन्त्री बर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्ती, नेत्रबिक्रम चन्द विप्लव लगायत दर्जनौ नेताका गुरु महराले अदालतबाट सफाई पाएपछि उनका सर्मथकहरु खुसी भएका हुन्।

महराको रिहाईले उनका दलका कार्यकर्ता मात्र नभएर विपक्षीहरु पनि खुसी भएका छन्। ‘घटनाका रुपमा हेर्दा उक्त घटना नै राम्रो थिएन। त्यो उचाईको मान्छेलाई बलत्कारको केस लाग्नु आफैमा पनि नराम्रो हो।’ नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति कृष्णबहादुर घर्तीले नागरिकसंग कुरा गर्दै भने ‘उहाँले सफाई पाउनु रोल्पालीका लागि मात्र नभएर समग्र देशका लागि नै हितकर हो।’ घर्ती जस्तै रोल्पा कांग्रेसका कार्यबाहक सभापति किशोर आचार्य पनि महराको रिहाईले जिल्लाका लागि खुसीको कुरा भएको बताए। रोल्पामै जन्मिएर यहिबाट राजनीति सुरु गरेका महराले २०४८ र २०७० सालको निर्वाचनमा रोल्पाबाट चुनाव जितेका थिए।

 

प्रकाशित: ५ फाल्गुन २०७६ १३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App