८ वैशाख २०८१ शनिबार
राजनीति

कारागार विधेयक पेश

file photo

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार विधेयक, २०७६’ पेश भएको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त विधेयक पेश गरेका हुन्। त्यसअघि बैठकले सो विधेयक सभामा प्रस्तुत गर्न गृहमन्त्रीलाई अनुमति दिएको थियो।

यस्तै, बैठकमा ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन, २०७६’ पेश भएको छ। समितिका सभापति पूर्णकुमारी सुवेदीले सभामा उक्त प्रतिवेदन पेश गरेकी हुन्।

प्रकाशित: २९ माघ २०७६ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App