२१ असार २०७७ आइतबार
राजनीति

कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर आइतबारसम्मका लागि स्थगित भएको छ। शुक्रबार बसेको बैठकमा कांग्रेसले अवरोध गरेपछि बैठक आधा घण्टाको लागि स्थगित भएको थियो।

तर विशेष कारणले बस्न नसकेको भन्दै सूचना सूचना टाँसेर आइतबारसम्मको लागि स्थगित भएको छ। कांग्रेसले बिहीबारदेखि नै आफ्ना संसदीय दलको उपनेता विजय गच्छदारमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोधका आधारमा आरोपपत्र दायर गरेको भन्दै संसद अवरूद्ध गर्दै आएको छ।

आज बसेको बैठकमा कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले सरकारले आफ्नालाई बोक्ने र विरोधीलाई ठोक्ने नीति लिएको बताए। विश्वकर्माले बोलेपछि कांग्रेस सांसदहरुले उठेर अवरोध गरेका थिए। सभामुखले मुद्दा अदालतमा गइसकेकाले व्यवस्थापिका संसदको क्षेत्राधिकारमा नपर्ने भन्दै बैठक सुचारू गर्न सहयोग गर्न आग्रह गरेका थिए। तर कांग्रेस सांसदहरू उठिरहेपछि बैठक सुचारू हुन सकेन। कांग्रेस सांसदहरू नबसेपछि उनले आधा घण्टाको लागि बैठक स्थगित गरेका थिए।

प्रकाशित: २४ माघ २०७६ १६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App