coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'पत्रकारको परीक्षा लिने जिम्मा दर्शक र स्रोतालाई'

काठमाडौं- मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा प्रवेश गर्नेहरुले परीक्षा दिनुपर्ने प्रावधानको सत्तापक्ष र विपक्षी दलका नेताहरुले पक्ष विपक्षमा आफ्नो मत जाहेर गरेका छन्।

राष्ट्रियसभाका सदस्यहरुले पत्रकारिता पेशामा नयाँ आउनेहरुका लागि लाइसेन्स परीक्षाको व्यवस्था हुनुपर्ने प्रावधान विधेयकमा राखेको प्रावधानको पक्ष विपक्षमा आफ्नो मत जाहेर गरेका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले पत्रकारको परीक्षा लिने जिम्मा दर्शक र स्रोतालाई दिनुपर्ने बताए। दक्षिण एसियाका कुनै पनि देशमा यो अभ्यास नभएको र अहिले नेपालमा यस्तो अभ्यासको आवश्यकता नरहेको उनले बताए। 'पाठक, दर्शक र स्रोतालाई नै छुट दिनुपर्छ। कुन पत्रकारले कस्तो कुरा गर्दैछ भन्ने कुरा पाठकलाई किन नछोड्ने?  यो अनुपयुक्त कुरामा हामीले अभ्यास गरिरहेका छौँ। जुन कुरा साउथ एसिया, बेलायत, अमेरिका कुनै पनि देशम छैन्। हरेक कुराको परीक्षण हामीले किन गर्ने ? राष्ट्रियसभाबाट यो पास हुने अवस्था छ तर हामी विरोध गर्छौँ’, उनले भने।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट राष्ट्रिसभामा प्रतिनिधित्व गरेका बृखेशचन्द्र लालले पत्रकारीतालाई कुनै घेराभित्र राख्न नहुने बताए। विधेयक स्वस्थ र मर्यादित पत्रकारिता बनाउनका लागि आएको भएपनि लाइसेन्स लिनुपर्ने प्रवधान राख्न नहुने धारणा राखे। उनले भने 'आचारसंहिताको पालना हामीले गर्नुपर्छ भन्ने मुल कुरा हो। तर यसमा लाइसेन्सको कुराले अलिकति अफ्ठ्यारो हुन सक्छ। पत्रकारितालाई एउटा सीमा भित्र नियन्त्रण गर्ने प्रयास भए जस्तो लाग्छ। यसमा राजपा र कांग्रेसले आफ्नो धारणा राखिसकेको छ।’

यता सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद दिनानाथ शर्माले पत्रकारहरुको 'स्ट्याण्डर’ कायम राख्नका लागि यो प्रावधान ल्याइएको बताए। पत्रकारको पहिचान र स्ट्याण्डर कायम होस भन्ने हिसाबले यो प्रावधान राखिएको उल्लेख गर्दै उनले यो उपयुक्त र राम्रो भएको बताए। विधेयकका विषयमा पहिले पनि धेरै प्रश्नहरु उठेको सन्दर्भ उल्लेख गर्दै उनले प्रश्न उठाउनेहरुको इज्जत माथि उठाउने गरी यो व्यवस्था गरिएको बताए। 'जसरी पहिले धेरै प्रश्न उठे विवाद भयो। प्रश्न उठाउनेहरुको चित्त प्रशन्न हुने गरी, इज्जत माथि उठाउने गरी यो व्यवस्था गरिएको हो। यसले उहाँहरुको स्ट्याण्डर कायम गनर्छ’, उनले भने।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने नयाँ व्यक्तिले लाइसेन्स लिनुपर्ने प्रावधान विधेयक पारित गरेपछि यसको विरोध भइरहेको छ। सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले समेत यस्तो व्यवस्था उपयुक्त नहुने बताउँदै आएका छन्।

प्रकाशित: १४ माघ २०७६ १२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App