७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस, नेकपा र मधेशी दल म्याद गुज्रेकोे औषधि : सिके राउत

भैरहवा- डा. सिके राउतले कांग्रेस, नेकपा र मधेशी दलका नेताहरू म्याद गुज्रेकोे औषधि सरह रहेको बताएका छन्।
जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले भैरहवाको गल्लामण्डीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ३० वर्षदेखि ७० वर्षसम्म म्याद गुज्रेको औषधि खाएमा यसले कुनै फाइदा नगरी केवल नोक्सानी मात्र गर्ने बताए। यि पार्टीले म्याद गुज्रेका औषधि सरह रियाक्सन मात्र गर्ने र ज्यान जाने अवस्थामा पुर्‍याउने बताए।

नेकपाले महरालाई, कांग्रेसले अफताबलाई र राजपाले रेशम चौधरीलाई संरक्षण गर्न नसकेकोले पार्टीले मधेशीलाई कहिले पनि संरक्षण नगर्ने बताउदै राजनीतिक दलहरूको कडा आलोचना गरे। अहिलेका यि पार्टीहरु कबाडी खिया लागेको पार्टी जस्तै छन्। इन्जिन बिग्रेको कबाडी गाडी रहेकोले यस्मा बस्न पनि नहुने यदि बसी हालेको भए पनि बीच बाटोमै बिग्रीने निश्चित रहेको राउतले भने।

३ प्रतिशत मात्र पहाडी समुदाय बस्ने मधेशमा अहिले ३९ प्रतिशत पहाडी समुदाय मधेश कब्जा गरेको बताउदै यस्ता शासक वर्गको षडयन्त्रले मधेशीहरु जोखिम मोलेर विदेश गई संघर्स गरिरहेको बताए। मधेशका ७१ मन्त्री बने पनि अहिलेसम्म शहीदको कुनै सपना पूरा नहुनु नै दुर्भाग्य भएकोले जनमत पार्टी साधुको पार्टीको रुपमा मधेश अधिकारको लागि आएको बताए। हाम्रो शहीदले मधेश भूमिलाई बचाउन, भाषा र संस्कृति जोगाउन बलिदानी दिएको भए पनि शासक वर्गले मधेश लुट्नका लागि षडयन्त्र गरेर मधेशसँग केही नमिल्ने रोल्पा र रुकुमलाई रुपन्देहीसँग जोडेको बताए।

सभामा बोल्दै जनमत पार्टीका केद्रिीय सदस्य अब्दुल खानले जनताको पार्टीको रुपमा कुनै पार्टी नभएर भगौडे र आयतित पार्टी रहेको बताए। वर्षौदेखि कांग्रेस, एमाले, माओवादी र हिजो आजका मधेशी नेताका दलालले देशमा आफत मात्र पैदा गरेकोले सामुदायिक स्वराज ल्याउन, सबैलार्ई शासन सत्तामा पुर्‍याउन, भ्रष्टाचार हटाउन, मधेशको समस्या हटाउन र नागरिकतामा समानता ल्याउन जनमत पार्टी आएको बताए।

त्यस्तै जनमत पार्टीका नेता नरेन्दै चौधरी, संजय यादव, चन्द्र शेखर वर्मा, रुपन्देही जिल्ला अध्यक्ष भुपेन्द्र यादव लगायतले मधेशवादी पार्टीले मधेशी सहीद र मधेशसँग गद्दारी गरेको बताउदै नेकपासँग राजपाको गठबन्धनलाई दलाली रहेको बताए। उनले समाजवादी पार्टीका नेता पूर्व एमाले नै भएकोले अझै पनि मधेशीलाई धोका दिने र सत्तामा पुग्नेबाहेक अरु केही गर्न नसक्ने भएकोले  त्यस्ता पार्टीहरुमाथि विश्वास नगर्न अनुरोध गरे।

सभामा शहीदका परिवारलाई अध्यक्ष राउतले देसल्ला ओढाएर सम्मान समेत गरेका थिए। शहीद परिवारका सदस्यको अध्यक्षतामा भएको सभा अगावै रुपन्देहीको विभिन्न क्षेत्रबाट र्‍यालीसहित नेता कार्यकर्ता र आम सर्वसाधारण सभा स्थल भैरहवाको गल्लामण्डी हनुमान मन्दिर क्षेत्रमा पुगेका थिए।

प्रकाशित: १३ माघ २०७६ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App