coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

स्थायी राजधानीका लागि बुटवलको बिकल्प छैन : काँग्रेस नेता खाँण

बुटवल- नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश नं. ५ को स्थायी राजधानीका लागि रुपन्देहीको बिकल्पै नभएको बताएका छन्। तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार रुपन्देहीको मणिग्राममा सञ्चालित औधोगिक मेला तथा कृषि तथा पर्यटन महोत्सवको उदघाटन गर्दै नेता खाँणले हरेक दृष्टिकोणले स्थायी राजधानीका लागि बुटवल नै उपयुक्त भएकाले यसको बिकल्प सोच्नै नसकीने बताएका हुन्।

बुटवललाई अस्थायी राजधानी लहडमा नतोकीएको भन्दै उनले यहाँबाट सार्ने प्रयत्न गरे त्यसले निम्त्याउने परिस्थिती सहज नहुने चेतावनी पनि दिए। ‘हाल भएको स्थानलाई बदल्ने या अल्झाउने खालका अनावश्यक चर्चापरिचर्चा नगर्न पार्टीका केन्द्रीय नेतृत्वसँगै प्रदेशका मुख्यमन्त्री, सभामुख र सभासदहरुलाई म आग्रह गर्दछु’।

राजधानी सार्ने अल्झाउने क्रियाकलाप गरे त्यसले निम्त्याउने परिस्थितीले कसैलाई हित गर्नेछैन’ नेता खाँणले भने। अन्तरराष्ट्रिय पहिचान, महत्व र तागत बोकेको लुम्बिनीसहित, पूर्वाधार, सुरक्षा लगायतका हरेक दृष्टिकोणबाट बुटवल तथा रुपन्देही नै स्थायी राजधानीका लागि उपयुक्त भएको दावी नेता खाँणले गरे। अन्य प्रदेशले नाम र स्थायी राजधानी पाइसकेकाले प्रदेश ५ ले पनि अब ढिला गर्न नहुनेमा उनले जोड दिए।

अब जनतालाई अल्मल्याउने काम गर्नु हुँदैन। यसले प्रदेश र देशलाई नै हित गर्दैन नेता खाँणले भने। भुगोलका आधारमा मध्य भागमा नै राजधानी हुनुपर्छ भन्ने मान्यता उचित नभएको र अन्य प्रदेशको नजिर अनुसार बुटवल पनि दाँयाबाँया नहुने दावी नेता खाँणले गरे।

प्रदेश सभा सदस्य रमा अर्यालले सरकार नीजि क्षेत्र र जनताका अधिकार कटौती गर्दै निरंकुश बाटोमा अघि बढेकाले लगानी मैत्री वातावरण बन्न नसकेको बताइन्।  तिलोत्तमा नगरपालिकाका प्रमुख बाशुदेव घिमिरेले तिलोत्तमामा लगानीका लागि भर्जिन ल्याण्ड रहेकाले कृषि, उद्योग र पर्यटनमा लगानी गर्न नीजि क्षेत्रलाई आग्रह गरे। तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा संघका अध्यक्ष गुणनीधि भण्डारी, नेपाली काँग्रेसका जिल्ला सभापती अब्दुल रज्जाक, नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवि चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, बालकृष्ण भुसाल, चन्द्रमान श्रेष्ठ, जेपि कँडेल, चेतनारायण भण्डारी, ज्ञानेन्द्र कार्की, कमलप्रसाद कँडेल लगायतले बोल्दै महोत्सवले स्थानीय उत्पादनको बजारीकरणसँगै लगानी प्रबद्र्धनमा महत्वपूर्ण भुमीका खेल्ने विश्वास व्यक्त गरे।

‘तिलोत्तमामा लगानी समृद्धिको सुनौलो बिहानी’ भन्ने नारासहित सञ्चालित महोत्सवमा ३ सय स्टल छन्। माघ २१ गतेसम्म चल्ने मेलाको ५ लाख दर्शकले अवलोकन गर्ने र १५ करोड बढीको कारोबार गर्ने लक्षय आयोजकले लिएका छन्।

प्रकाशित: १० माघ २०७६ १४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App