१५ चैत्र २०८० बिहीबार
राजनीति

सूचना प्रविधि विधेयक सच्याउन माग

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको सूचना प्रविधि विधेयकविरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत विरोध जनाएको छ। पार्टी केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदै विधेयकको विरोध जनाएको हो।

नेपाली जनताको लामो संघर्ष र बलिदानीपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धि खुम्च्याउने गरी सरकारले सूचना प्रविधि विधेयक ल्याएको आरोप लगाएको छ। संवैधानिक व्यवस्थाविपरीत सरकारले एकपछि अर्को गर्दै विधेयक संसद्मा ल्याएको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै खतरा उत्पन्न भएको जनाएको छ। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट बहुमतले पारित गरेको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राष्ट्रियसभामा पेस गरिएको नेपाल विशेष सेवा गठन तथा सञ्चालनसम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकमा रहेका केही प्रावधान आपत्तिजनक रहेको भन्दै कांग्रेसले त्यसलाई सच्याउन माग गरेको छ।

प्रकाशित: ६ माघ २०७६ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App