१६ चैत्र २०८० शुक्रबार
राजनीति

सदरमुकाममा प्रदेश सरकार मातहतका कार्यालय खोल्न दोलखा कांग्रेसको माग

दोलखा- नेपाली कांग्रेस दोलखाले सबै जिल्ला सदरमुकामहरुमा प्रदेश सरकार र प्रादेशिक मन्त्रालय मातहतका सरकारी कार्यालय खोल्न बागमती प्रदेश सरकारसँग माग गरेको छ।

सूचना प्रविधिसहितका बिधेयकको बिरोधमा पार्टी केन्द्रको कार्यक्रम अन्तर्गत आईतबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बिरोधपत्र बुझाउदै दोलखा कांग्रेसले संघीयता पछि जिल्ला सदरमुकामहरुमा घट्दो आर्थिक चहलपहल साथै प्रदेशका कार्यालयहरू पायक पर्ने स्थानमा नराखिएको भन्दै संघ र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो।

बिरोधपत्रमा जिल्ला कांग्रेसले बागमती प्रदेश अन्तर्गत २र३ जिल्लालाई समेटेर स्थापना गरिएको डिभिजन र विभिन्न सरकारी कार्यालय पायक पर्ने स्थानमा नराखिएको भन्दै प्रत्येक जिल्ला सदरमुकाममा प्रदेशका सबै मन्त्रालय र प्रदेशिक अड्डाका जिल्ला कार्यालय खोल्न माग गरेको हो।

कांग्रेसका जिल्ला सभापति रुद्र खडकाद्वारा हस्ताक्षरित बिरोधपत्रमा जिल्लाका स्थानीय तहमा भ्रष्टाचार र बेथिति बढेको आरोप लगाइएको छ। यस्तै चरिकोट-खाडीचौर सडकमा ढिलासुस्तीविरुद्ध समेत कांग्रेसले विरोधपत्रमा बोलेको छ।

७७ ओटै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम अनुसार आईतबार दिउँसो कांग्रेस नेता कार्यकर्ताले दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालाई ज्ञापनपत्र बुझाएका थिए।

प्रकाशित: ५ माघ २०७६ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App