coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

व्यवस्था फेरिँदैमा र कानुन बन्दैमा विभेद हट्दैन : मुख्यमन्त्री शाही

वीरेन्द्रनगर- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले व्यवस्था फेरिदैमा र कानुन बन्दैमा जातीय छुवाछुत अन्त्य नहुने बताएका छन्। वीरेन्द्रनगरमा आइतबार आयोजित एक कार्यक्रममा उनले व्यवस्था र कानुनभन्दा पनि मानिसको चेतना फेरिए विभेद हट्ने बताए।

जनयुद्ध विभिन्नखाले विभेदले जन्मिएको स्मरण गर्दै उनले अहिले पनि जातिका नाममा विभेद हुनु गम्भीर विषय भएको बताए। जातीयताका विषय पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने भन्दै मुख्यमन्त्री शाहीले भने, ‘कूसस्ंकार र कूरीतिका विरुद्ध पाठ्यपुस्तकले ठूलो भूमिका निर्वाह गर्छ।’ ‘अहिले परम्परागत व्यवहारिक शिक्षा मात्र गाउँ घरमा सिकाइ छ,’ उनले भने, ‘तर अध्ययन नहुँदा पनि जातीय विभेद हट्न सकेको छैन।’ जातीयताको विषय केही समयका लागि भए पनि पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने उनले बताए। जातीय विभेद हटाउन दलित समुदाय मात्र नभई अन्य समुदायले पनि सहयोग गर्नु पर्ने उनले धारणा व्यक्त गरे।

संविधानमा समावेशीका कुरा पर्याप्त भए पनि कार्यान्वय नहुँदा जटिलता थपिएको मुख्यमन्त्री शाहीले बताए। विद्यालयमा सिकाइका लागि एक शिक्षकले विद्यार्थीलाई अनुशासनमा ल्याउन गर्ने उपायको स्मरण गर्दै उनी भन्छन्, ‘सबैले व्यवहारमा लागू गरे जातीय विभेद हट्न समय लाग्दैन।’

प्रकाशित: ५ माघ २०७६ १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App