१६ चैत्र २०८० शुक्रबार
राजनीति

एमसीसी पास हुन्छ, दायाँ बायाँ हुन्न : देउवा

दाङ- नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अमेरिकी अनुदान सहयोग एमसीसी परियोजना जसरी पनि पास हुने वताएका छन्। मुलुकको हितका निम्ती प्राप्त यो परियोजनालाई अस्वीकार गर्नु गलत हुने समेत उनले बताए।

आईतबार नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले भने ‘एमसीसी पास गर्नका लागि कडा मेहनत गर्ने छु।’ उनले यो परियोजना आफु नेतृत्वको सरकारका पालामा सम्झौता भएको भन्दै यसलाई धेरै राम्रो योजनाका रुपमा अर्थ्याए। आफ्नो पालामा भएको सम्झौतालाई आँफूले जसरी पनि पास गराउनका लागि पहल गर्ने उनको भनाई थियो। ‘यो परियोजनाको प्रकृया मेरो पालामा भएको हो, मेरो पालामा भएको यो परियोजनालाई जसरी पनि पास गराउनु पर्छ,’उनले भने ‘यो बिषयमा अरु दायाँ बायाँ केहि हुँदैन।’ नेपाली कांग्रेसलेनै यो परियोजनालाई पास गराउनका लागि पहल गर्ने आधिकारीक निर्णय नै गरिसकेकाले पनि कांग्रेस परियोजनाको पक्षमा कडा रुपमा उभिएको बताए। 

फरक प्रसंगमा देउवाले पार्टीभित्रको बिवादको कारक आँफू नभएको बताए। पार्टीका कसैलाई पनि आँफूले चिढ्याउने काम नगरेको भन्दै देउवाले पार्टी भित्रको विवादको दोषी आँफूलाई देख्न नहुने समेत बताए। ‘म कसैसंग पनि रिसाएको छैन, नत मैले कसैलाई पेलेर जाने काम नै गरेको छु,’उनले भने ‘रिसाउनेहरु किन रिसाएका छन्? उनिहरुलाई सोध्नुस् , म बाट एकलौटी काम केहि पनि भएको छैन।’ 

 

प्रकाशित: ५ माघ २०७६ ०५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App