coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

व्यक्तिगत चाहनालाई केन्द्रमा राखेर उम्मेदवार बनेको होइन : नारायणकाजी श्रेष्ठ

गोरखा-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो चाहनालाई केन्द्रबिन्दु बनाएर राष्ट्रिय सभामा उमेद्धवार नभएको बताएका छन्। आज गोरखा सदरमुकाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने ‘मलाई कुनै अध्यक्षले भनेर उमेद्ववारी दिएको हैन, पार्टीको निर्णय अनुसार अघि बढ्छु।’

अर्थमन्त्री बन्ने भन्ने चर्चा छ नि?  भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले निर्वाचन भएर आफु राष्ट्रिय सभा सदस्य भएपछि के बन्ने भन्ने पार्टीको निर्णय अनुसार चल्ने दोहोर्‍याए। ‘मन्त्री बन्ने लोभमा राष्ट्रिय सभा सदस्य हुन लागेको भने होईन’ उनले भने। सभामुख शिवमाया तुम्वाहाङफेले तत्काल राजिनाम नदिए नेकपाले साभामुख पाउने बाटो बन्द हुने बताउँदै उनले एउटै पार्टीबाट सभामुख, उपसभामुख हुने संवैधानीक ब्यवस्था नभएको बताए। उपसभामुखले राजिनामा दिने विषयमा ढुक्क रहेको बताउँदै उनले भने ‘दिनुभएन भने के गर्ने भन्ने विषयमा छलफल भएको छैन, त्यो अवस्था आउँदैन।’

अमेरिकी परियोजना एमसिसीको बारेमा संसदबाट अनुमोदन गराउने या नगराउने भन्ने विषय पार्टीको सचिवालयले टुङ्गो लगाउने उनले बताए। उनी राष्ट्रिय सभा निर्वाचनको उमेद्ववार भएपछि जिल्लामा जनप्रतिनिधि भेटघाट गर्दै हिँडेका छन्। सोही क्रममा आज गोरखा आएका हुन्।

प्रकाशित: १ माघ २०७६ ०८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App