८ वैशाख २०८१ शनिबार
राजनीति

यही अवस्‍थामा कसरी पदबाट राजीनामा दिने ?

ग्रफिक्स : कमल प्रेरित सुवेदी

काठमाडौं- उपसभामुख शिवमायाँ तुम्वाहाङ्फेले आफुनै सभामुख पदको दावेदार भएको बताएकी छन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले  यो स्वभाविक भएको समेत बताएको छन्। 'उपलाई प्रमुख बनाउन नसक्ने के छ त्यस्तो प्रावधान, संविधानले रोकेको छ ? छैन', भन्दै प्रश्न गरेकी छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उनलाई पदबाट राजीनामा दिन भने पनि तुम्वाहाङ्फेले त्यसलाई चुनौति दिदै आएकी छन्। उनले भनेकी छन्, 'सभामुख पदको दावी गर्नु त अनौठो मान्नु पर्दैन स्वभाविक नै हो।'

उनले अहिले सभामुख बन्ने आफ्नो इच्छा नभई आवश्यकता भएको बताएकी छन्। 'आवश्यकता कसरी हो भने सभामुख जो निवर्तमान सभामुख हुनुहुन्थ्यो उहाँ कुनै एक घटनासंग जोडिनुभयो उहाँ निस्किनुभयो। उहाँले यहाँबाट राजिनामा गरेपछाडि म उपसभामुख मैले केही बदमासी काम त गरेको छ छैन्। मैले पाँच वर्ष काम गर्न पार्टीले पठायो २ वर्ष वित्यो अव ३ वर्ष बाँकि छ। अवको तीन वर्ष पुरा गर्न मैले किन नपाउने। म उपसभामुख भएर काम गरिराखेको छु मैले कुनै फट्याई त गरेको छैन बदमासी गरेको छैन, यौन दुराचार गरेको छैन्, भ्रस्टाचार गरेको छैन भने के चार्ज लगाएर मलाई दलले निकाल्छ मिल्छ?', उनले भनेकी छन्।

दलले निकास निकालेर आउनु पर्ने उनको भनाई छ। 'म प्रतिनिधि सभाको उपसभामुख र नेतृत्व गरेको हैसियतले यति सम्म भन्न सक्छु दलले आफ्नो निकास निकालेर ल्याउनु पर्‍यो', उनले भनिन्, 'मैले त दलले लिएर आउँछ र प्रकृयालाई अगाडि बढाइदिने मैले हिजो पनि भनेको थिए।'

संविधानले प्रतिनिधि सभा खालि रहन्छ नेतृत्व विहिन हुन्छ भनेर परिकल्पना नै नगरेकोले यसै राजीनामा दिन नमिल्ने उनको भनाई छ।

दलले उम्मेदवार तयार पारेर ल्याएपछि निर्वाचन प्रकृया अगाडि बढाएपछि आफुले राजीनामा दिने समेत उनले बताएकी छन्।

 

प्रकाशित: २९ पुस २०७६ ११:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App