१६ चैत्र २०८० शुक्रबार
राजनीति

अवैध क्रसर उद्योग बन्द गर्ने प्रदेश २ सरकारको निर्णय

लहान – प्रदेश २ सरकारले मापदण्डविपरीत सञ्चालन भएका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको छ। प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका आठ जिल्लामा मापदण्डविपरीत सञ्चालन भएका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो।

ेआन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशका आठ जिल्लामा अवैधरूपमा संचालित क्रसर उद्योग बन्द गरी यसबारे जानकारी पठाउन प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाइएको जानकारी दिए। दिलीपको परिवारलाई पाँच लाख रूपैयाँ दिने प्रदेश २ सरकारको निर्णय

यसैबीच प्रदेश २ मन्त्रिपरिषद् बैठकले टिपरले किचेर हत्या गरिएका मिथिला नगरपालिका–५, श्रीपुरका २४ वर्षीय ओमप्रकाश (दिलीप) महतोको परिवारलाई पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। अवैध रूपमा सञ्चालित क्रसर उद्योगको विरोध गर्दै आएका ओमप्रकाशको गत शुक्रबार टिपरले किचेर हत्या गरिएको थियो। उनको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

प्रकाशित: २९ पुस २०७६ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App