८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचन आचारसंहिता लागू

काठमाडौं – आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागु भएको छ। निर्वाचनमा स्वच्छता, निष्यपक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न सरकार, सार्वजनिक संस्थाका कर्मचारी, नेपाली सेना, प्रहरी, कर्मचारी, राजनीतिक दल, उम्मेदवार, पर्यवेक्षकलगायतलाई आचारसंहिता लागु भएको आयोगले जनाएको छ।

आयोगका अनुसार सरकार र मन्त्री, प्रदेश सरकार, स्थानीय तह, सरकारी, सार्वजनिक संस्थाका कर्मचारी, निर्वाचनमा संलग्न कर्मचारी, सरकारी तथा निजी सञ्चार माध्यम, गैर सरकारी संस्था, सरकारी अनुदानमा सञ्चालीत विद्यालय तथा विश्वविद्यालयका शिक्षकलाई पनि आचारसंहिता लागु हुन्छ।

आचारसंहिता लागु भएपछि सरकार र सरकारका प्रतिनिधि चुनाव प्रचारमा सहभागी हुन पाउने छैनन्। माघ ९ गते विभिन्न १८ पदका लागि राष्ट्रियसभाको निर्वाचन हुँदै छ।

प्रकाशित: २८ पुस २०७६ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App