१६ चैत्र २०८० शुक्रबार
राजनीति

विद्यार्थी नेता शाहीको अवस्था सार्वजनिक गर्न माग

जाजरकोट– नेत्रविक्रम चन्द्र विप्लव निकट विद्यार्थी संगठनका नेता प्रेमवहादुर शाहीको अवस्था सार्वजनिक गर्न जाजरकोटका अधिकारकर्मीहरुले सरकारसंग माग गरेका छन्।

प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा  शाही पक्राउ परेका थिए। पहिलो पटक उनी मंसिर २२ गते कारागारबाट रिहा भएका थिए। तर उनी तत्काल कारागारको गेटबाटै दोस्रो पटक पक्राउ परे। दोस्रो पटक पक्राउ परेका शाहीको अवस्था अज्ञात छ।

उनको अवस्था सार्वजानिक गर्न माग गर्दै जिल्ला स्थित विभिन्न मानवअधिकार तथा अधिकारवादी संस्थाहरुले माग गरेका हुन्।
लोकतान्त्रिक शासन व्यवस्थामा राज्यबाट नागरिक अज्ञात बनाइनु दुखद् भएको भन्दै उनीहरुले आपत्ति समेत जनाए। 

जिल्ला स्थित नेपाल मानव अधिकार संगठन, इन्सेक, अशल शासन क्लब जिल्ला समन्वय समिति, एमनेष्टी इन्टरनेस्नल र नागरिक समाज जाजरकोटले  एक सयुंक्त अपील मार्फत स्थानीय प्रशासन र सरकार लगायत सबै सरोकारवालाहरुसंग शाहीको रिहाइको लागि माग गरेका छन्। 

प्रकाशित: ३० मंसिर २०७६ ११:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App