८ वैशाख २०८१ शनिबार
राजनीति

लिपुलेक र कालापानीबारेमा सरकारले स्पस्ट गरिसक्यो, कुरा लिम्पियाधुराको हाेः मन्त्री बाँस्कोटा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीको बारेमा सरकारले स्पस्ट गरिसकेकाले अब भारतसँग लिम्पियाधुराको विवाद मात्र रहेको बताएका छन्। बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्रिपरिसद्का निर्णयहरु सार्वजनिक गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले सुस्ताको विषय पनि कुनै प्रश्न नभएको र लिम्पयाधुराको विषयमा सम्पुर्ण प्रमाणहरु जुटाएर भित्रि प्रयासहरु गरिनुपर्ने बताएका हुन्।

उनले विशेष दुत पठाउने विषय पनि उठेको बताउँदै पठाउने दिन सबैले थाहा पाउने बताए। उनले नक्सा पहिला देखि नै रहेको बताउँदै भारतले पछिल्लो समय नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालले इतिहासमै पहिलो पटक डिप्लोमेटिक पत्र पठाएको समेत बताए। यसअघिका सरकारले यो काम नगरेको अवस्थामा सरकारले अहिले गरेको उल्लेख गर्दै यसलाई पहिलो स्टेजको रुपा लिनुपर्ने बताए। त्यस्तै यो विषयमा नेपालले सत्य तथ्यहरु प्रस्तुत गरेर भारतलाई बुझाउन सक्नुपर्ने बताए। उनले सरकारले त्यसका लागि काम गरिरहेको बताए। हाम्रो आशाको मुल पक्ष भनेको पोजिसनदेखि पोजिसनको कोणबाट नलिएर फरक कोणबाट हेरेर जानुपर्ने बताए। भारतले पनि सत्य र तथ्यहरुलाई स्विकार गर्ने विश्वास सरकारले गरेको उनले बताए।

प्रकाशित: २६ मंसिर २०७६ १४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App