coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

'सबैतिर राजनीतिकरण भयो'

काठमाडौं – पूर्वराष्ट्रपति रामवरण यादवले राज्यका सबै अंगमा राजनीतिकरण भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री रामशरण महतद्वारा लिखित पुस्तक ‘ट्रायल्स, ट्रेमोर्स एण्ड होप’ पुस्तकको बुधबार राजधानीमा सार्वजनिक गर्दै पूर्वराष्ट्रपति यादवले न्यायालय, सेना, प्रशासन, विश्वविद्यालयसहितका क्षेत्रमा राजनीतिकरण भएको गुनासो गरेका हुन्।

न्यायपालिका, संवैधानिक अंग, पुलिस प्रशासनलगायतका राज्यका प्रमुख अंगलाई राजनीतिकरणबाट जोगाउनु पर्ने धारणा राख्दै उनले भने, ‘तर, सबै अगंमा राजनीतिकरण गरेर ध्वस्त हुँदा मुलुकको शासन व्यवस्था बलियो हुँदैन।’ भौतिक पूर्वाधारको विकास कुरा गर्दै कृषि, वातावरणको संरक्षामा ध्यान दिनुपर्ने धारणा राख्दै पूर्वराष्ट्रपति यादवले भने, ‘विकास यहाँ (नेपाल)को भूगोल, वातावरण, संस्कृतिलाई पनि जोगाउने गरी काम गर्नुपर्छ।’

स्थानीय तहकामा डोजर आतंक नै चलिरहेको सुनाउँदै यादवले स्थानीय तहका जनप्रतिनिधि र आफन्तले एक्साभेटर किनेको गुनासो गरे। चुरे र नदीनाला दोहोन भइरहेको जनाउँदै उनले भने, ‘अहिले विकास भइरहेको छ कि विनास ?’ निजगढ विमानस्थल बनाउने नाममा ठूलो संख्यामा रूख काट्ने कुराप्रति असन्तुष्टि जनाउँदै यादवले थपे, ‘तराईलाई मरुभूमि बनाउने हो भने बनाउनुस्।’

नेपालको अर्थ राजनीति र समकालीन परिवेशलगायतका सन्दर्भ समेटर लिखिएको पुस्तकबारे सुरेन्द्र पाण्डे, भेषबहादुर थापा, मीनेन्द्र रिजाल, स्वणिम वाग्ले, कनक दीक्षितलगायतले टिप्पणी गरेका थिए।

प्रकाशित: २६ मंसिर २०७६ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App