१६ आश्विन २०७७ शुक्रबार
राजनीति

देश विकासका लागि विज्ञान र प्रविधि महत्वपूर्ण : शिक्षामन्त्री

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि उत्पादनको शक्ति भएकाले देशको समृद्धी र विकासमा प्रयोग गर्नुपर्ने बताएका छन्।

त्रिभुवन विश्व विद्यालय, नेशनल एटमसफेरिक रिसोर्स एण्ड इनभारोमेन्टल रिसर्च ल्याबरोटरी (नारेल) को काठमाडौं किर्तिपुरमा निर्माण गर्न लागिएको प्रयोगशाला भवनको आइतबार बिहान शिलन्यास गर्दै देशको विकासका लागि विज्ञान र प्रविधि महत्वपूर्ण हुने बताए। उनले विश्वविद्यालयको यो प्रयोगशालालाई नेपाल सरकारका विभिन्न विभागिय परामर्श केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए। उनले प्रयोगशाला निर्माण भएपछि विश्वविद्यालयले विश्वका प्रतिष्ठित वैज्ञानिकहरुसँग सहकार्य गर्ने नेतृत्व लिनसक्ने विश्वास समेत व्यक्त गरे। त्यस्तै कार्यक्रममा मन्त्री पोखरेलले नेपालमा केही गर्न सकिदैन भन्ने नेपाली वैज्ञानिकहरुको सोचलाई परिवर्तन गर्न सफल हुने समेत बताए।

भवन शिल्यान्यस भएपछि बैज्ञानिकहरुले विश्व विद्यालयसँग भएका सबै उपकरणहरु प्रयोगमा आउने बताएका छन्। बैज्ञानिक रामप्रसाद रेग्मीले भवन निर्माण पछि कृषि, जलवायु, हवाई दुर्घटना न्यूनिकरण, प्राकृतिक प्रकोप लगायतका क्षेत्रमा अनुसन्धान गर्न सजिलो हुने बताए।

त्रिभुवन विश्व विद्यालयको यो भवन दुई करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो। यो भवनको निर्माण कार्य एक वर्ष भित्रमा सिकने बैज्ञानिक रेग्मीले जानकारी दिए।

प्रकाशित: २२ मंसिर २०७६ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App