१६ चैत्र २०८० शुक्रबार
राजनीति

सरकारप्रति असन्तुष्टि बढेको उपनिर्वाचनको परिणामले पुष्टि भयोः प्रवक्रा शर्मा

काठमाडौं– नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि भएकोे बताएका छन्। मंसिर १४ गते भएको उपनिर्वाचनको अन्तिम परिणाम पछि कांग्रेसले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारप्रति असन्तुष्टि बढ्दै गएको पुष्टि उपनिर्वाचनले गरेको बताएका हुन्। 

उनले कांग्रेसले उपनिर्वाचनमा परिणामलाई भन्दा निर्वाचनको प्रकृयालाई ध्यान दिंदा निस्पक्ष र भयरहीत वातावरणमा निर्वाचन भएको बताए। उनले सरकार निर्वाचनलाई भयरहित र निस्पक्ष बनाउन भन्दा निर्वाचन आयोगको आचारसंहितालाई उलंघन गरी प्रदेश प्रमुखहरुको पदलाई रिक्त गर्ने र नयाँ नियुक्त गर्ने तथा मन्त्री मण्डलको पुर्नगठन गर्न केन्द्रित भएको आरोप समेत लगाए।

यस्तो अवस्थामा कांग्रेसले केही स्थानीय तह गुमाएको भएपनि उपत्यकाको भक्तपुर र धरान उपमहानगरपालिका लगायतका महत्वपूर्ण स्थानमा जित हासिल गरेको बताए। प्रवक्ता शर्माले उपनिर्वाचनको परिणामले कांग्रेस कहाँ छ भन्नेहरुलाई जवाफ दिएको समेत बताए। उनले मतदाताले दुरगामी अर्थ राख्नेगरी सन्देश दिएको भन्दै नेपाली कांग्रेस हरेक मतप्रति प्रतिवद्ध रहेको समेत बताए। 

प्रकाशित: १६ मंसिर २०७६ १४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App