१६ चैत्र २०८० शुक्रबार
राजनीति

भोट नदिएको भन्दै कांग्रेस कार्यकर्ताबीच कुटाकुट, एक घाइते

बाजुरा- उपनिर्वाचनको विषयलाई लिएर त्रिवेणी-१ छतारा आपसी विवाद उत्पन्न भएको छ। निर्वाचनमा हार बेहोरेपछि काँग्रेस आस्थावना कार्यकर्ता बीचमै आपसी विवाद भएको प्रहरीले बताएको छ।

भोट दिए नदिएको बारे आरोप प्रत्यारोपको विषयले उग्ररुप लिएपछि विवादसँगै सामान्य कुटपिट भएको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताए। काँग्रेसलाई भोट नदिएको भन्दै आक्रोश पोखेपछि आपसी कुटाकुट हुँदा एक जना घाइते भएका छन्।

आपसी कुटाकुटपछि भीम चदारा घाइते भएका छन्। भीम स्वयम आफै काँग्रेसबाट उम्मेदवार बनेका खगेन्द्र चदाराका एजेन्टसमेत बसेका थिए। उनैलाई मत नदिएको आरोप लगाएर कुटपिट गरेको श्रोतको दाबी छ। घाइते भीम चदाराको स्थानीय स्वास्थ्य चौकीमा उपचार भईरहेको बताईएको छ।

भीम चदारालाई छिमेकी काँग्रेसकै कार्यकर्ता कालु चदाराले कुटपिट गरेको प्रहरीले बताएको छ। कुटपिट गर्ने कालु चदारालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले कालु चदारा सहीत मदिरा सेवन गरेर गाउँमा होहल्ला गर्ने अन्य चार जनालाई पनि नियन्त्रणमा लिएको छ।

उपनिर्वाचनमा नेकपासँग २० मतले पराजित भएपछि काँग्रेस कार्यकर्ताबीच आपसी मतभेद बढेको छ। भोट दिए नदिएको र नेकपालाई सहयोग गरेको जस्ता एक आपसमा आरोप लगाउनेक्रम बढेपछि आपसमै विवाद बढेको र कुटाकुट भएको प्रहरीले बताएको छ।

उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र चदारालाई २० भोटले पछि पार्दै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मनराजे बुढा मिलन विजयी भएका हुन्। नेपाली काँग्रेसले भने पार्टी र उपनिर्वाचनको विषय नभई आपसी विवादले मात्र सामान्य भनाभन भएको बताएको छ। प्रहरीले भने घाइतेले दिएको उजुरीका आधारमा मुद्दा अघि बढाउने तयारी गरेको छ।

प्रकाशित: १६ मंसिर २०७६ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App