२७ श्रावण २०७७ मंगलबार
राजनीति

दाङमा नेकपाको अग्रता

दाङ– दाङ क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा उपनिर्वाचनको मतगणनामा नेकपाले अग्रता लिईरहेको छ। आइतवार बेलुका ८ बजेसम्मको गणना अनुसार नेकपाका उम्मेदवार बिमलाकुमारी खत्रीले १४ हजार ५ सय ७८ मत ल्याएकी छिन्।

उनका प्रतिष्पर्धि नेपाली कांग्रेसका केशवराज शर्मा आचार्यले ११ हजार १ सय ९४ मत ल्याएका छन्। नेकपाले आइतवार विहान मतगणना सुरु भएदेखिनै अग्रता लिन सुरु गरेको हो। नेकपाकी उम्मेदवार स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी पत्नी हुन्।

यसैगरि राप्रपाले १ सय ५४ मत प्राप्त गरि आइतवार बेलुकासम्म तेस्रो स्थान कायम गरेको छ। कुल ६८ हजार ७ सय १९ मतदाता रहेकोे यो क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको थियो।

प्रकाशित: १५ मंसिर २०७६ २०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App