२८ श्रावण २०७७ बुधबार
राजनीति

धरानमा कांग्रेसलाई ७ सय ४५ मतको अग्रता

धरान - धरानमा मेयर पदको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले अग्रता कामय गरेका छन्। उनले ७ हजार ९ सय १५ मत ल्याएका छन् भने नेकपाका उम्मेदवार प्रकाश राईले ७ हजार १ सय ७० मत प्राप्त गरेका छन्। कांग्रेसले ७ सय ४५ मतले अग्रता कामय गरेको हो।

अहिलेसम्म ६ वटा वडाको मतगणना सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

तत्कालीन एमालेबाट विजयी मेयर तारा सुब्बाको निधनपछि धरानमा उपनिर्वाचन भएको हो। यस्तै, वडा नं ७ मा निवार्चित अध्यक्ष भुवन मोक्तानको पनि निधन भए पछि त्यहाँ पनि उपनिर्वाचन भएको छ।

 

प्रकाशित: १५ मंसिर २०७६ १६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App