८ वैशाख २०८१ शनिबार
राजनीति

धरानमा नेकपा-कांग्रेसबीच कडा टक्कर

धरानमा भइरहेको मतगणना। तस्बिर:रोहित राई

धरान - धरानको मेयर पदको लागि भएको निर्वाचनको मतगणना मध्य रातिदेखि जारी छ। अहिलेसम्म ४ वटा वडाको मतगणना सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। वडा नं २०, १९, १८ र १७ को मतगणना सकिँदा नेकपाले मात्र ५७ मतले अग्रता लिएको छ। निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म ९ हजार ८ सय ५१ मतगणना सकिदा नेकपाले २ हजार ३ सय ९ मत पाएको छ भने नेपाली कांग्रेसले २ हजार २ सय ९२ मत पाएको छ। दुवै पार्टीबीचको मतान्तर मात्र ५७ छ।

अहिलेसम्म मतगणना सकिएको वडामध्ये २०७४ को स्थानीयतह निर्वाचनमा १८ वडा मात्र कांग्रेसले जितेको वडा हो। उक्त निर्वाचनमा वडा २० र १९ मा तत्कालिन एमाले एक्लैले जितेको वडा हो भने १७ तत्कालिन माओवादी केन्द्रले जितेको वडा हो। कम्युनिष्टको गढ मानिएको ती वडामा यसपाली कांग्रेसले मत बढाएको छ भने नेकपाको मत ह्वात्तै घटेको छ। अहिले वडा न. १५ र १६ को मतगणना जारी छ।

 नेकपाले वडा नं २० मा ९ सय ६७, वडा नं १९ मा ८ सय १३, वडा नं १८ मा ५ सय २९ र वडा नं १७ मा २ हजार २ सय ६५ मत पाएको छ। यस्तै, नेपाली कांग्रेसले वडा नं २० मा ७ सय ३४, वडा नं १९ मा ८ सय ७९, वडा नं १८ मा ६ सय ७९ र वडा नं १७ मा २ हजार २ सय २५ मत पाएको छ। अहिलेसम्म संघीय लिम्बुवान मञ्चको मत १ सय ६४, स्वतन्त्र उम्मेदवार हर्क सम्पाङको १ सय ५४, समाजवादी पार्टीको मत १ सय ४३, डा.अमृतकुमार राई २६ र नेकपा(माले)को मत १३ रहेको छ।  वदर मत संख्या १ सय ८२ रहेको छ।

प्रकाशित: १५ मंसिर २०७६ ०६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App