१६ चैत्र २०८० शुक्रबार
राजनीति

दाङमा पनि सुरक्षा कडा

दाङको श्रीगाउँका मतदाता शुक्रबार मतदाता परिचयपत्र लिँदै। तस्बिरः देवेन्द्र/नागरिक

दाङ  – दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष चयनका लागि शनिबार हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ।

निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा ६८ हजार ७ सय १९ मतदाता छन्। घोराही उपमहानगरपालिका– १६ मा ४ हजार ४ सय ५३ मतदाता छन्। प्रदेसभा सदस्यका लागि दुई स्वतन्त्रसहित १४ उम्मेदवार छन्। घोराही– १६ को वडाध्यक्षका लागि ७ जना उम्मेदवार छन्। निर्वाचन सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला निर्वाचन सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए। उनका अनुसार शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गर्न तथा गणना गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित: १४ मंसिर २०७६ ०१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App