coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

यस्तो छ उपनिर्वाचन पूर्वसन्ध्याको तयारी (फोटो फिचर)

पोखरा - कास्की–२ मा हुने उपनिर्वाचनको लागि सबै तयारी पुरा भएको छ। मतदान हुने सबै मतदान स्थलमा निर्वाचन सामग्री पुगिसकेको निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुबेदीले जानकारी दिए। यसपटक ५६ प्रकारका मात्रै निर्वाचन सामग्री रहेको उनले बताए।

निर्वाचनका लागि झण्डै ८ सय कर्मचारी खटिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनका लागि ४५० कर्मचारी र ३२८ स्वयम्सेवक खटाइएको हो। प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, सहायक स्तरका २ कर्मचारी र १ जना कार्यालय सहयोगी गरी कम्तिमा ५ जना कर्मचारी खटाइएको छ। मतदाता संख्या हेरी स्वयम्सेवक राखिने भएकाले कुनैकुनै मतदान स्थलमा ८ जनासम्म कर्मचारी खटाइएको निर्वाचन अधिकारी सुबेदीले बताए।

 तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन्। यस अघीको निर्वाचनमा कुल ७० हजार ६ सय ५१ मतदाता रहेको कास्की २ मा अहिले १ हजार २ सय २० जना मतदाता थपिएर ७१ हजार ८ सय ७१ पुगेको जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुबेदीले जानकारी दिए।

 

 

 

 

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App