coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रवाद अहिले लम्पसारवादमा पुगेको छः देउवा

बागलुङको निशीखोलामा भएको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा। तस्बिरःसंगम/नागरिक।

बागलुङ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपि ओलीको राष्ट्रवाद कालापानीमा नाँगिएको बताएका छन्।

आईतबार बागलुङको निशीखोलामा भएको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले विगतमा राष्ट्रवादका चर्को नारा लगाएका प्रधानमन्त्रीले सिमाना मिँचिदा बोल्न समेत नसकेको आरोप लगाए।

‘आफुलाई निकै राष्ट्रवादी बताउने प्रधानमन्त्री र अहिलेको सरकार सिमाना मिँचिदा चुपचाप बसेको छ’ सभापति देउवाले भने,‘सरकारको राष्ट्रवाद कालापानी र लिपुलेकमा पुगेर समाप्त भएको छ, राष्ट्रवाद भारतलाई समर्पण भएको छ।’ 

राष्ट्रियताको सवालमा प्रतिपक्षी दल कांग्रेस लगायत अन्य सबैले साथ दिँदा पनि सरकारले दरोसंग खुट्टा टेक्न नसकेको उनको भनाई छ।

‘कांग्रेस प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्दा पनि यो सरकारले खुट्टा टेक्ट डराएको छ’ उनले भने, ‘भारतसंग कुरा गर्न डराउँदा नेपालको जमिनका भारतको नक्सामा पर्दा पनि सरकार टुलुटुलु हेरेर बसको छ।’

कालापानी र लिपुलेकमा आईपुग्दा प्रधानमन्त्रीको राष्ट्रवाद भारतप्रति समर्पण भएको देउवाको आरोप छ। ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रवादको खोक्रोपन पुष्टी भएको छ’ उनले भने,‘राष्ट्रवाद अहिले लम्पसारवादमा पुगेको छ।’ वर्तमान सरकारले जनभावना अनुसार काम गर्न नसकेको समेत देउवाले जिकिर गरे।

देउवाले जलासययुक्त उत्तरगंगा जलविद्युत परियोजना बागलुङमा बनाउन कांग्रेस डटेर लाग्ने बताए। उपनिर्वाचनको मत परिणामले सरकार फेरवदलका लागि अर्थ नराखे पनि जनमतको आकाक्षा पुष्टि हुने देउवाले दाबी गरे।

 

प्रकाशित: ८ मंसिर २०७६ १२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App