१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘अन्य देशको तुलनामा तीब्र गतिमा काम गरें'

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बेलाबेलामा चर्चामा आइरहने नेतामा पर्छन्। कहिले डिभि/पिआरको विषय त कहिले कर्मचारी समायोजनको विषयले निकै चर्चामा रहे पण्डित। त्यसोत सुरुमा मन्त्री हुँदा उनको साइकलबारे पनि खुबै चर्चा भयो। बुधबार पदमुक्त भएका मन्त्रीमध्ये पण्डित पनि एक हुन्। उनले सम्हालेको मन्त्रालयमा हृदेश त्रिपाठीलाई जिम्मा लगाइएको छ। आखिर उनले सिंहदरबारमा बसेर आफ्नो कार्यकाल कसरी बिताए? नागरिक न्यूजकर्मी सुभद्रा धितालकाे प्रश्नमा पण्डितले दिएको जवाफ जस्ताको त्यस्तै।

'मन्त्री बन्छु भन्ने लागेकै थिएन्। प्रधानमन्त्री केपी शर्माले प्रतिनिधिसभाको निर्वाचनपछि वातावरण मन्त्रीको जिम्मा पाएँ। शपथ लिएपछि पण्डितले वातावरण प्रदुषण रोक्ने कामलाई अघि बढाउने निधो गरें। वातावरणमा प्रदुषण फैलाउने सबैलाई कारवाही गर्ने भनेकाे थिएँ। र काठमाडौंमा एक वर्षपछि मास्क लगाउनु पर्दैन पनि भनें।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गरेलगत्तै संघीय मामिला तथा सामान्य प्रशासनको जिम्मेवारी पाएँ। निर्वाचन पश्चात् प्रथम निर्वाचित सरकार तथा पहिलो संघीयता सरकार, अप्ठ्यारो परिस्थिति हुँदाहुँदै पनि ऐन नियम बनाउनु पर्ने थियो। यति भइसक्दा कति काम भए र कतिपय बाँकी नै रहे। केही काम गर्न सकिन कि भन्ने पनि लागेको छ। अन्य देशको तुलनामा तीब्र गतिमा काम भएको थियो।

अहिले पनि जनतालाई दिनुपर्ने सेवा प्रवाह भइरहेको छ र आउँदा दिनहरुमा पनि हुनेछ। लोकतन्त्र प्रणाली मार्फत् काम गर्नुपर्ने भएको हुँदा कतिपय काम समयमा नै सम्पन्न भएका छन् भने कतिपय संसदमा नै छन्।'

प्रकाशित: ५ मंसिर २०७६ १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App