coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्री भट्टकाे प्रतिबद्धताः उद्योगी, व्यवसायीलाई निरुत्साहित गर्दिन

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै । तस्बिरः रासस

काठमाडौं– नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगी, व्यवसायीलाई निरुत्साहित नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार पदभार ग्रहण गरेलगत्तै उनले संचारकर्मीमाझ  मन्त्री भट्टले मन्त्रालयको कार्यशैलीमा सुधार गरी उद्योग व्यवसायका लागि लगानी अभिवृद्धि गर्न नीतिगत सुधार गर्ने बताए। बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउने पनि बताए।

यसैबीच नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले पनि मन्त्रालयमा पदभार ग्रहण गर्दै आफु उद्योगी समेत भएकाले उद्योगी व्यवसायीको समस्या बुझेको बताउँदै काम गरेर देखाउने प्रतिवद्धता जनाए।

राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएका मन्त्री भट्ट र राज्य मन्त्री दुगडले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अन्य मन्त्रालय भन्दा नमुना मन्त्रालयको रुपमा विकास गरी काम गर्ने प्रतिवद्धता समेत जनाए।

प्रकाशित: ५ मंसिर २०७६ ११:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App