१९ श्रावण २०७७ सोमबार
राजनीति

लोभ र डरबाट प्रभावित हुन्न : कृषिमन्त्री भुसाल

काठमाडौं- नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभई काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

नवनियुक्त मन्त्री भुसालले परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यवसायीक कृषिको विकासमा केन्द्रित रही काम गर्ने पनि बताए। बिहीबार दिउँसो सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले कृषि क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धानको काममा जोड दिने योजना रहेको सुनाए।

यस अघि नवनियुक्त मन्त्री भुसालले राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिएका थिए। त्यसलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका उनलाई निवर्तमान कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले बधाई दिए।

प्रकाशित: ५ मंसिर २०७६ १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App