१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद पुनर्गठनअघि नेकपा सचिवालय बैठक

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले मन्त्रिपरिषद हेरफेरबारे छलफल गर्ने जनाइएको छ।

यस अघि नेकपा अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राष्ट्रपति विद्धा भण्डारीसँग भेट गरेका थिए। शीतल निवास जानु अघि अध्यक्ष द्वयले बेग्ला बेग्लै छलफल समेत गरेका थिए।

प्रधानमन्त्री ओलीले बुधबार नै मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन्।

प्रकाशित: ४ मंसिर २०७६ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App