१६ चैत्र २०८० शुक्रबार
राजनीति

भोलि मन्त्रिपरिषद पुनर्गठन हुने, सहयाेग गरेकाेमा प्रधानमन्त्रीले दिए सबै मन्त्रीलाई धन्यवाद

फाइल फाेटाे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गर्नका लागि मन्त्रिहरुलाई बुधबार कुनै पनि कार्यक्रम नराख्न निर्देशन दिएका छन्। मंगलबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रिपरिषदको बैठक राखेर ओलीले सबै मन्त्रीहरूलाई जानकारी गराएका हुन्।

ओलीले आजसम्म तपाईहरुले मलाई सहयोग गर्नुभयो त्यसका लागि धन्यवाद छ भोलि मन्त्रिपरिषद पुनर्गठन हुन्छ, एकदिन कसैले पनि सार्वजनिक कार्यक्रम नराख्नु होला भन्दै निर्देशन दिएका छन्। प्रधानमन्त्रीले बैठकमा नयाँलाई अवसर दिनुपर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्न बाहिरबाट पनि दबाव रहेको भन्दै बुधबार औपचारिक कार्यक्रमसमेत नराख्न निर्देशन दिएका छन्।

प्रकाशित: ३ मंसिर २०७६ १५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App