८ वैशाख २०८१ शनिबार
राजनीति

दुई आयोगलाई पूर्णता दिने तयारी, सिफारिस समितिको बैठक आज

काठमाडौं – दुई आयोगका लागि पदाधिकारी नाम सिफारिस गर्न बनेको समितिमा नाम प्रकाशनका लागि सहमति जुटेको छ। सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको आयोगका लागि पदाधिकारी सिफारिसका लागि सहमति जुट्न नसक्दा दुई आयोग ९ महिनादेखि खाली छन्।

सिफारिस समिति बनेको करिब १० महिनापछि नाम सिफारिसको प्रक्रियाका लागि बैठक आज९आइतबार० बस्दैछ। शुक्रबार बसेको सिफारिस समितिको वैठकले नाम टुंगो लगाउन नसकेपछि आइतबारका लागि बैठक बोलाइएको हो। ‘हिजो नटुंगिएकाले निरन्तर बैठक बस्दैछौं। बैठकले प्रक्रिया अनुसार पत्रिकामा नाम प्रकाशित गर्नेछ’ समितिका सदस्य शर्मिला कार्कीले भनिन्। आयोगका लागि आवेदन दिएका र समितिले योग्य ठानेकाहरुको नाम प्रकाशित भएपछि उजुरीका लागि ५ दिनको समय दिने उनले बताइन्।

नाम प्रकाशनमा किन ढिलाई गर्नुभएको रु भन्ने प्रश्नमा ‘सबैतिर समन्वय गर्नुपर्ने, धेरै काम भएकाले भ्याइएन’ उनले भनिन्। राजनीतिक मुद्दा भएकाले समय लागेको उनले बताइन्। आयोगका लागि सदस्य बन्न आवेदन दिएका इच्छुक बनेकामध्ये पाँचजनाको योग्यता नपुगेको उनले बताइन्।

सरकारमा रहेको नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आयोगको अध्यक्षमा नाम सहमति हुन नसक्दा सिफारिस समितिसमेत अलमलमा परेको थियो। सत्य निरुपणको अध्यक्षका लागि धेरैजनाको नाम चर्चामा आएको थियो। चर्चामा आएका नाममा सहमति जुट्न नसकेपछि नाम प्रकाशनका लागि समय लागेको हो। दुई दलका नेताबीच सत्य निरुपणको अध्यक्षमा नेपाल ल क्याम्पसका प्राध्यापक गणेशदत्त भट्टको नाममा सहमति जुटेको बताइएको छ। भट्ट संवैधानिक कानुनका ज्ञाता हुन्।

सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि अध्यक्ष, सदस्यका लागि पर्याप्त आवेदन नपरेका कारण थप कार्यविधि बनाइएको थियो। नयाँ व्यक्ति थप्न कार्यविधिको मस्यौदा बनाइएको थियो।

प्रकाशित: १ मंसिर २०७६ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App