१६ चैत्र २०८० शुक्रबार
राजनीति

नेविसंघको प्रश्नः 'देशको सीमा मिचिँदा सरकार किन मौन?'

काठमाडौं - सीमा मिचिँदा समेत सरकार मौन बसेको भन्दै नेपाल विद्यार्थी संघले काठमाडौमा प्रदर्शन गरेको छ। ग्रामीण आदर्श बहुमुखी क्याम्पस र नेपाल राष्ट्रिय क्याम्पसका नेविसंघआवद्ध विद्यार्थीहरुले काठमाडौको तारकेश्वरमा विरोध प्रर्दशन गरेका हुन्।

नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेपछि नेविसंघ आन्दोलनमा उत्रिएकाे हाे। नेपालटारबाट सुरु भएको विरोध र्याली बाईपास,माछापोखरी हुँदै पुन नेपालटारमा गएर कोण सभामा परिणत भएको थियो।

कोणसभालाई नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पसका अध्यक्ष परोपकार अधिकारी,नेपाल विद्यार्थी संघ आरआर क्याम्पसका सचिव अनुराग शाह, राष्ट्रिय क्याम्पसका शुशान्त सिटौला,ग्रामिण आदर्श क्याम्पसका मातृका तिमल्सिना,राजेन्द्र फुयाल र दिपेन्द्र ढकाल लगाएतले सम्बोधन गरेका थिए। कोणसभालाई सम्बोधन गर्ने नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरूले सरकार सीमा मिचिँदा पनि कानमा तेल हालेर बसेको भन्दै चर्को आलोचना गरेका थिए।

प्रकाशित: २९ कार्तिक २०७६ ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App