coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

फेवातालमा बंगलादेशका राष्ट्रपतिको बोटिङ (फोटो फिचर)

पोखरा- चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखरा पुगेका छन्। पोखरा पुगेका हमिदले फेवातालमा जलविहार गरेका छन्।

नेपाल प्रहरीको डुंगामा उनले फेवातालमा जलविहार गरेका थिए। नेपाली सेनाको हेलिकप्टर मार्फत पोखरा आएका उनी आज नै रुपाकोट जाने कार्यक्रम रहेको छ। पोखरा विमानस्थलमा उनलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, सभामुख नेत्रनाथ अधिकारी, अर्थमन्त्री किरण गुरुङ लगायतले स्वागत गरेका थिए। उनी आज चार बजे काठमाडौं फर्कने छन्।

 

प्रकाशित: २८ कार्तिक २०७६ ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App