१६ चैत्र २०८० शुक्रबार
राजनीति

पाँचथरमा २१ जनाको मनोनयन दर्ता

पाँचथर- उपनिर्वाचनका लागि पाँचथरका २१ जनाले मनोनयन दर्ता गराएका छन्। एक गाउँपालिका प्रमुख र दुई वडाका अध्यक्ष पदका लागि २१ जनाको मनोनय दर्ता भएको हो। नौँ राजनीतिक दलले मनोनय दर्ता गराएका हुन्।

मुख्य निर्वाचन अधिकृत मोहनराज भट्राईका अनुसार फाल्गुनन्द गाउँपालिकाको प्रमुख पदमा ८ जनाले मनोनयन दर्ता गराएका छन्। यस्तै फिदिम–१ मा ७ र हिलिहाङ–७ मा ६ जनाले मनोनयन दर्ता गराएका हुन्।

फाल्गुनन्द गाउँपालिका प्रमुख पदका लागि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)बाट  विरबहादुर कुरुम्बाङको मनोनय दर्ता भएको छ। यस्तै, नेपाली कांग्रेसले जिल्ला सचिव वृजहाङ आङदेम्बेको मनोनयन दर्ता भएको छ। यहाँ समाजवादी पार्टीबाट विमला आङदेम्बे, राप्रपाबाट ससुहाङ चेम्जोङ, राप्रपा संयुक्तबाट मोतिप्रसाद लिम्बु, लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जितेन चेम्जोङ, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङ र मगोल नेशनल अर्गनाईजेशनबाट उदय मुखियाको मनोनयन दर्ता भएको छ। फिदिम–१ मा नेकपाबाट गजाधार भटराई, कांग्रेसबाट सुभराज थापाको मनोनयन दर्ता भएको छ। समाजवादीबाट गौरव लामा, राप्रपाबाट मिलन गिरी, राप्रपा संयुक्तबाट कल्पना राई, राप्रपा लोकतान्त्रिकाबाट जानुका थाम्सुहाङ, संघीय लोकतान्त्रिक मञ्चका वीरबहादुर केरुङको मनोनयन दर्ता भएको छ।

हिलिहाङ–७ नेकपाबाट गेह्रथान रिजाल, कांग्रेसबाट तिलबिक्रम इधिङ्गोको मनोनयन दर्ता भएको छ। समाजवादी पार्टीबाट भुवानीप्रसाद लिम्बु, राप्रपा संयुक्तका मुक्तिनाथ खनाल, राप्रपाका तुलप्रसाद पन्दाक र लोकतान्त्रिक मञ्चबाट धनबहादुर थाम्सुहाङको मनोनयन दर्ता भएको छ।

प्रकाशित: २७ कार्तिक २०७६ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App