६ वैशाख २०८१ बिहीबार
राजनीति

धनपालथानमा ७ जनाको मनोनयन दर्ता

विराटनगर- मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मोरङको धनपालथान गाउँपालिका–२ को वडाध्यक्षका लागि ७ जनाले मनोनयन दर्ता गरेका छन्। बुधबार मनोनयन दर्ताको समय अवधिभित्र ७ जनाले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय मोरङका सुचना अधिकारी तिर्थराज अधिकारीले जानकारी दिए।

मनोनयन दर्ताका लागि १० बजेदेखि १ बजेसम्म समय तोकिएको थियो। तोकिएको समयभित्र नेपाली कांग्रेसका तर्फबाट नारायणप्रसाद साहले उमेद्वारी दिएका छन्। समाजवादी पार्टीसँग चुनावी तालमेल गरि साहलाई उमेद्वार उठाइएको हो। यस्तै नेकपाका तर्फबाट पंकजकुमार मण्डलले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै मंगोल नेशनल अर्गनाइजेशन पार्टीका मेगनाथ पासवान, नेपाल लोकतान्त्रिक पार्टीका देवनारायण मण्डल, राप्रपा संयुक्तकी ज्योति पासवान, राजपा नेपालका चरानन्द मण्डल र जनमत पार्टीबाट चरनदेवी मण्डलले मनोनयन दर्ता गरेको अधिकारीले बताए। धनपालथानमा नेकपाविरुद्ध नेपाली कांग्रेस र समाजवादीले चुनावी तालमेल गरेपछि नेकपा र कांग्रेसका उम्मेदवारीबीच कडा प्रतिश्पर्धा हुने देखिएको छ।

यस अघिको निर्वाचनमा धनपालथान–२ मा नेकपाका बलिराम भगतले १ हजार १ सय ४६ मत ल्याएर विजयी भएका थिए। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद साहले ८ सय ८९ मत पाएका थिए। मनोनयन दर्ता गरेका उम्मेदवारहरूले कात्तिक ३० गते १० देखि १ बजेसम्म मनोनयन फिर्ता लिने तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

प्रकाशित: २७ कार्तिक २०७६ १३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App