१५ चैत्र २०८० बिहीबार
राजनीति

तस्बिरमा बङ्गलादेशी राष्ट्रपति हमिदको राजनीतिक भेट

काठमाडौं- नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले वुधबार विभिन्न राजनीतिक भेटघाट गरेका छन्। मंगलबार नेपाल आइपुगेका राष्ट्रपति हमिदले आज उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतसँग भेट गरे। यस्तै उनले नेकपा अध्यक्ष पुष्पकमल दहाल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए। भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमा समेत छलफल भएको थियो।

व्यापार, ‘कनेक्टिभिटी’, जलविद्युत् आयोजना निर्माण र नेपालबाट विद्युत् खरीद गर्ने विषयलाई प्राथमिकतामा राखेर कुराकानी भएको जनाइएको छ।

राष्ट्रपति हमिद राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका क्रममा नेपाल आएका हुन्। यसअघि मङ्गलबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भेटवार्ता गरेका थिए। आजै नेपाली समकक्षी राष्ट्रपति भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ।

भक्तपुर दरबार स्क्वायरको बुधबार अवलोकन भ्रमण गरेका उनले बिहीबार कास्कीको पोखरा र शुक्रबार काठमाडौँको चन्द्रागिरिको भ्रमण गर्ने कार्यतालिका छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App