१६ चैत्र २०८० शुक्रबार
राजनीति

एकताको प्रतिक छठः मुख्यमन्त्री पौडेल

मकवानपुर– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालीको एकताको प्रतिकको रुपमा छठ पर्व रहेको बताएका छन्। हेटौंडा १० स्थित राप्ती खोला किनारमा आयोजित सामुहिक छठ पूजाको उद्घाटन गरेपछि उनले छठ पर्व मधेशीले मात्र नभई सबै नेपालीको साझा पर्व भएको बताए।

‘छठ पर्व मधेशीको मात्र नभई आमनेपालीको साझा पर्वका रुपमा विकास हुँदै गएको छ,’ उनले भने। छठ पर्वले हिमाल, पहाड र तराई एउटै भएकोे सन्देश दिएको भन्दै उनले कुनै जाति, धर्म र सम्प्रदाय विषेश नभई छठ सिंगो नेपालीको साझा चाड भएको जिकिर गरे।

‘छठलाई साझा पर्वको रुपमा मनाउन सके मात्रै हामीले गरेका समृद्धिका कुराहरु अक्षरस पालना गर्न सक्छौं,’ उनले भने, ‘यो पर्व मनाउनेको संख्या देशैभर धेरै छन्, सबैले साझा पर्व छठ हो भनेर अनुभूति गरिसके।’

प्रदेश सरकार जातीय विशेषको नभई साझा नेपालीको सरकार भएको अनुभूति दिने दाबी गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशको सर्वाङ्गीण विकासले गति लिईरहेको पनि बताए।

राप्ती क्षेत्रलाई तठबन्धन गरि त्यस क्षेत्रको विकासमा लागि परिरहेको भन्दै उनले भने, ‘नेपाली जनताको समृद्धिको सपनालाई पुरा गर्न छठ पर्वले सबैमा प्रेरणा दियोस्, यहीँ शुभकामना छ।’

राप्ती खोलाकिनारमा छ सय लम्बाई र २० फिट चौडाईको निर्माण गरिएको पण्डालमा एक लाख भन्दा बढीले सहभागिता जनाउने छठ पूजा समारोह समिति, हेटौंडाका संयोजक सुशीलप्रसाद सेनुरिया बानियाँले बताए।

प्रकाशित: १६ कार्तिक २०७६ १४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App