७ वैशाख २०८१ शुक्रबार
राजनीति

वडा अध्यक्षमा दुई खनाल भिड्दै

अर्घाखाँची- आउँदो मङ्गसिर १४ गते अर्घाखाँचीको एक वडा अध्यक्ष पदका लागी मात्र उपनिर्वाचन हुँदैछ । नेकपाको बाहुल्यता रहेको मालारानीको वडा नम्बर–३ मा अध्यक्ष पदका लागी रस्साकस्सी सुरु भएको हो ।

एक वडा अध्यक्ष पदमा मात्र निर्वाचन हुने भएपछी जिल्लाको ध्यान त्यतै केन्द्रित छ । सबै राजनितिक शक्ती पनी त्यहीं केन्द्रित भएको छ । मालारानी गाउँपालिका वडा नम्बर–३ को वडा अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यमलाल खनाललाई सर्वसहमत सिफारिस गरेको छ ।

एक साता अँघी बसेको नेकपाको वडा कमिटी बैठकले खनाललाई सर्वसम्मत रूपमा वडा अध्यक्षको उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको नेकपा प्रचार विभाग प्रमुख तिलक मिश्रले बताए । यता नेपाली कांग्रेसले शोभाखर खनाललाई सर्वसहमत छनौट गरेको छ । मालारानी गाउँपालिका वडा नम्बर–३, खनदहको वडा समिती बैठकले कांग्रेस मालारानी अध्यक्ष शोभाखर खनाललाई आगामी मङ्गसिर १४ गते हुने उपनिर्वाचनमा वडा नम्बर–३ को वडा अध्यक्ष पदका लागी सर्वसहमत छनौट गरेको हो ।

मालारानीको अध्यक्ष, उपाध्यक्ष लगायत सबै वडा अध्यक्ष तत्कालिन नेकपा एमालेबाट निर्वाचित छन् । उपनिर्वाचन हुने क्षेत्र मालारानी गाउँपालिका वडा नम्बर–३ मा पनी तत्कालिन नेकपा एमालेबाट जिवन चौहान निर्वाचित भएका थिए । तत्कालिन वडा अध्यक्ष जीवन चौहान २०७४ मंसिरमा सडक दुर्घटनामा निधन भएको थियो ।

सो क्षेत्रमा तिन हजार ११ मतदाता रहेका छन् ।

 

प्रकाशित: १५ कार्तिक २०७६ ०८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App