coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हतियारसहित नेपाल पसेर भारतीय प्रहरीले अपहरणशैलीमा एक नेपालीलाई उठाएर लग्यो

फाइल तस्बिर

कपिलवस्तु– भारतीय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) टोलीले नेपाल प्रवेश गरी आइतबार साँझ ५ बजेतिर एक नेपालीलाई अपहरणशैलीमा भारत लगेको छ। जिल्लानको मायादेबी गाउँपालिका १ पकडी चौराहाबाट आधा दर्जनको संख्यामा रहेको सिबिआईको टोलीले गाउँपालिका ४ का ४० बर्षे रमजान मुसलमानलाई भारतीय नम्बर प्लटेको स्कार्पियो गाडीमा हालेर लगेको प्रत्यक्षदर्शीले बताए। ‘रमजान चौराहाबा बसका थिए, भारतीय सुरक्षाकर्मी आएर रमजानलाई गाडीमा बसालेर लगे’, पकडीका एक प्रत्यक्षदर्शीले भने। 

भारतीय सुरक्षाकर्मीले त्यसबेला हतियारसमेत देखाएका थिए। रमजानलाई लवनीको बाटो हुँदै हथिहवा दोहनीबाट भारतीय बजार भगवानपुरतर्फ लगिएको थियो। रमजानलाई के कारणले लगिएको हो भन्ने खुलेको छैन। 

प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल मल्लले भारतमा गरिएको १० लाख चोरीको मुद्दामा सिबिआईले रमजानलाई पक्राउ गरेर लगेको सुन्नमा आएको प्रतिक्रिया दिए। सो घटनामा फरार रहेका अर्का अयिभुुक्त मोनुलाई समेत सिबिआईले खोजे पनि फेला पार्न नसकेको सुरक्षा स्रोतले जनाएको छ। 

सिबिआईले नेपाल प्रहरीलाई १० लाख चोरीको घटनामा पक्राउ गरी लगेको जनाए पनि रमजानलाई आइएसआईको एजेन्टका रुपमा पक्राउ गरिएको स्रोतका दाबी छ। बिगत चार दिनदेखि सिबिआईको टोली तौलिहवास्थित होटल शंकरमा बस्दै आएको थियो। रमजान भारतको मुम्बइमा समेत बसेर फर्किएका थिए। ‘१० लाखको चोरीको घटनामा सिबिआई टोली आउनु आफैंमा पत्याउन गाह्रो कुरा हो’, एक सुरक्षाकर्मीले भने, ‘रमजालाई आईएसआई एजेन्टकै रुपमा लगिएको हो।’ 

अभिरावका स्थानीय अनुसार रमजानलाई बिगत दुई बर्षदेखि भारतीय प्रहरीले पक्रन खोजेको थियो। त्यसका लागि पटक पटक भारतीय प्रहरी अभिराव र आसपासका गाउँ समेत आएका थिए। भारतीय सिबिआईले पक्राउ गरेर लगेर लगको बिषयमा बुझ्ने कार्य भइरहेको डिएसपी मल्लले बताए। 

प्रकाशित: ३ कार्तिक २०७६ १४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App