७ वैशाख २०८१ शुक्रबार
राजनीति

महरालाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि थप ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ। 

१३ दिनको म्याद सकिँदा प्रहरीले बयान लिएर महरालाई आइतबार अदालतमा उपस्थित गराएको थियो। न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुनेगरी महरालाई थप ५ दिन थुनामा राख्ने आदेश दिएको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले महराको बयान लिइसकेको र थपिएको समयमा अन्य अनुसन्धान पुरा गरेर अदालतमा बुझाइने बताए।

संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरा प्रहरी अनुसन्धानमा छन्। 

प्रकाशित: ३ कार्तिक २०७६ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App